ePurwa

माओवादी केन्द्र झापाले पार्टी निर्माणका लागि अभियान शुरु गर्ने


बुधवार, पौष २७, २०७९

झापा । नेकपा (माओवादी केन्द्र) झापाले पार्टी निर्माणका लागि १५ वटै पालिकामा अभियानको शुरुवात गर्ने भएको छ । पार्टीले झापाका प्रत्येक पालिकामा सञ्चालन गर्ने अभियान आगामी माघ ३ गतेदेखि मेचीनगर नगरपालिकाबाट शुरु गर्ने र अन्य पालिकाहरुमा क्रमश गरिने झापा संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए ।

उनका अनुसार पार्टीलाई सृद्धिढिकरण गर्ने र पार्टीका जनबर्गिय संगठनलाई सक्रिय बनाउँदै नयाँ कार्यक्रम र नयाँ कार्ययोजना बनाएर चलायमान बनाइनेछ ।

mbbb

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो बिस्तारित बैठक आगामी माघ ३ गते मेचीनगरस्थित बाहुण्डाँगीमा बस्नेछ भने अन्य पालिकामा पालै पालो वैठक बसिने झापा संयोजक अग्निले बताएका छन् ।

बिस्तारित बैठकमा पार्टी सृद्धिढिकरण र पार्टीका सम्पूर्ण जनबर्गिय संगठनका समस्या र त्यसलाई समाधान गर्नु पर्ने सल्लाह सुझाव संकलन गरिने जनाइएको छ । यस पटकको जिल्लाको बैठकले  चुनाबी समिक्षासहित आगामी योजना र  कार्यबिभाजनसहित पार्टी र संगठन निर्माणका लागि  कार्यक्रम निर्माण गर्ने जनाइएको छ ।

सम्बन्धित खबर