ePurwa

रास्वपा उपसभापति अर्याल झापामा : पार्टी निकट कार्यक्रम तथा छलफलमा ब्यस्त रहने


बिहिवार, फागुन ३, २०८०

झापा । राष्टिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) झापामा पार्टी निकट बिभिन्न नेता तथा ब्यक्ति सँग भेटघाट तथा छलफलका लागि झापा आइपुगेका छन ।


हिजो साँझ झापा आएका अर्यालले आज झापाका बिभिन्न पालिका तथा जिल्लाका नेता कार्यकर्ता तथा शुभेच्छुक सँग भेटघाट गर्ने कार्यक्रम रहेको राष्टिय स्वतन्त्र पार्टीका कोशि प्रदेश सभापति राजेश तिमिल्सिना ले बताएका छ्न ।

‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै गइरहेको रास्वपा राजनीतिमार्फत् नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरेका नेताहरु २०७९ सालको चुनावमा अपेक्षाभन्दा बढी मत गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको दाबी गर्दै आएका छन्।

०८४ सालमा हुने निर्वाचन लाइ मिसन बनाएर हिनेको रास्वपा मिसन ८४’ लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको र सोही अभियानअन्तर्गत पार्टी सङ्गठन परिचालन गरिरहेका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका उपभापति डोलप्रसाद अर्याल झापा तथा इलामका विभिन्न स्थानहरुमा छलफल तथा भेटघाट गर्ने कार्यक्रम रहेको कोशि प्रदेश सभापति राजेश तिमिल्सिनाले जानकारी दिएका छन्।

सम्बन्धित खबर