ePurwa

आज शनिवार पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल


शनिवार, माघ ७, २०७९

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने र मन भावुक र उत्ताउलो बन्नेछ । साँझमा भने शुभ समाचार पाइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।.

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कुनै समाचारले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्न पनि सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज आज जोशजाँगर र उमङ्ग बढ्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

सम्बन्धित खबर